डायलासिसको औषधि अभाव « Khabarhub

डायलासिसको औषधि अभाव


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ ।

अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । “डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।”

उनले प्रदेश र सङ्घका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताए । बजारमा पनि औषधिको खोजी भइरहेको छ । प्रमुख चिकित्सक पोखरेलका अनुसार उक्त औषधि भारतबाट आपूर्ति हुन्छ ।

“हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौँ, तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ”, उनले भने । जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

यसअघि दैनिक छ–सात बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८–१९ पुर्‍याइएको छ । दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरु गरेको थियो । कोरोनाले सिर्जित सङ्कट र बन्दाबन्दीका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बुझिएको छ ।

कोभिड–१९ लागेका दुई बिरामीलाई सफल उपचार गरेको धवलागिरि अस्पतालमा डायलासिससहित सबैखाले सेवा नियमित सञ्चालनमा छन् । “प्रसूति शल्यक्रियालगायत नियमित प्रदान गरिने कुनै पनि सेवा रोकिएको छैन”, प्रमुख चिकित्सक पोखरेलले भने ।

गत चैतमा दुई कोरोना सङ्क्रमित भेटिएपछि उनीहरुको यही अस्पतालमा उपचार गरिएको थियो । बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला र सोही नगरपालिका–४ की १९ वर्षीया युवती उपचारपछि निको भइ घर फर्केका छन् । चैत ४ गते बेल्जियमबाट फर्कँदा दुवैमा कोरोना भेटिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै