डायलासिसको औषधि अभाव « Khabarhub

डायलासिसको औषधि अभाव


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ ।

अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । “डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।”

उनले प्रदेश र सङ्घका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताए । बजारमा पनि औषधिको खोजी भइरहेको छ । प्रमुख चिकित्सक पोखरेलका अनुसार उक्त औषधि भारतबाट आपूर्ति हुन्छ ।

“हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौँ, तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ”, उनले भने । जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

यसअघि दैनिक छ–सात बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८–१९ पुर्‍याइएको छ । दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरु गरेको थियो । कोरोनाले सिर्जित सङ्कट र बन्दाबन्दीका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बुझिएको छ ।

कोभिड–१९ लागेका दुई बिरामीलाई सफल उपचार गरेको धवलागिरि अस्पतालमा डायलासिससहित सबैखाले सेवा नियमित सञ्चालनमा छन् । “प्रसूति शल्यक्रियालगायत नियमित प्रदान गरिने कुनै पनि सेवा रोकिएको छैन”, प्रमुख चिकित्सक पोखरेलले भने ।

गत चैतमा दुई कोरोना सङ्क्रमित भेटिएपछि उनीहरुको यही अस्पतालमा उपचार गरिएको थियो । बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला र सोही नगरपालिका–४ की १९ वर्षीया युवती उपचारपछि निको भइ घर फर्केका छन् । चैत ४ गते बेल्जियमबाट फर्कँदा दुवैमा कोरोना भेटिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ४४ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका