वीरगञ्जमा एक सयभन्दा बढी पत्रकारको कोरोना परीक्षण गर्न नमूना संकलन « Khabarhub

वीरगञ्जमा एक सयभन्दा बढी पत्रकारको कोरोना परीक्षण गर्न नमूना संकलन


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जमा दुईजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको पनि कोरोना परीक्षण प्रक्रिया सुरू भएको छ ।

नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन गरिएको छ ।

डा सिंहका अनुसार आज बिहान १ सय १० जना पत्रकारको नमूना संकलन गरी प्रयोगशालमा परीक्षण सुरू गरिएको छ ।

‘हिजो दुइजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि आज वीरगञ्ज क्षेत्रका पत्रकारहरुको पनि नमूना संकलन गरिएको छ,’ डा सिंहले खबरहबसँग भने, ‘बिहानदेखि अहिलेसम्म १ सय १० जनाको नमूना संकलन भइसकेको छ ।’

डा सिंहका अनुसार अझै १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी छ । आज संकलन गरिएका पत्रकारहरुको थ्रोड स्वाबको नमूना केही नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिने र बाँकीलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भएको डा सिंहको भनाई छ ।

वीरगञ्जमा हिजो (मंगलबार) मात्र दुईजना पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ५१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी