जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिए ।

मङ्गलबारबाट बिहान ८ः०० बजेबाट शुरु गरिएको पिसिआर परीक्षण २४ घण्टामा सम्पन्न गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको उनले बताए ।

प्रयोगशाला प्रमुख पुनका अनुसार प्रतिष्ठानले जुम्लाका सात गाउँपालिकामा सिञ्जा १९९, कनकासुन्दरी २००, हिमा ३७, तिला ७०, तातोपानी ११०, गुठीचौर ९५, पातारासी ७० र चन्दननाथ नगरपालिका ५८ जनाको स्वाब सङ्कलन गरेको थियो ।

त्यस्तै, कालीकोटमा दुई, मुगुमा पाँच र नेपाली सेना एक जनासमेतको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको उनको भनाइ थियो ।

हाल प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएका ९२३ र यसअघि सुर्खेत तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएका जुम्लाका ३४० जना सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : ११ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न