पत्रकारको 'पीसीआर' विधिबाट स्वास्थ्य परीक्षण गर्न माग | Khabarhub Khabarhub

पत्रकारको ‘पीसीआर’ विधिबाट स्वास्थ्य परीक्षण गर्न माग


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर विधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड–१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविधितै छ । चितवनमा रहेर कार्यक्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पिसिआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।”

समयमा नै परीक्षण भएमा सङ्क्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ ।

जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षण गरिने बताए । उनले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरीदिन आग्रह गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : १४ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने