कोरोना संक्रमणको जोखिम बढेपछि गोरखा जिल्ला पाँच दिन सिल | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिम बढेपछि गोरखा जिल्ला पाँच दिन सिल


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि गोरखा जिल्ला आजदेखि ५ दिनलाई सिल गरिएको छ ।

कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले पाँच दिन जिल्ला सिल गर्ने निर्णय गरेपछि आजदेखि गोरखा सिल गरिएको हो ।

समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।

बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको छ।

त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।

बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिए ।

‘अस्पतालबाट सिफारिस भएका बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने निर्णय भएको छ’, उनले भने, ‘त्यसबाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिरबाट आवतजावत पूर्णरूपमा ठप्प पार्ने निर्णय भएको छ ।’

त्यस्तै जिल्लाभित्र सञ्चालित बैंक, वित्तीय संस्था ती संस्थाद्वारा सञ्चालित काउन्टर र बीमा कम्पनी पनि बन्द गर्ने निर्णय बैठकले गरेको अधिकृत रोकाले बताए ।

बैठकले नागरिक तथा वित्तीय संस्थालाई इ–बैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय पनि गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : ५९ बजे

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।

सहकार्यमार्फत अघि बढ्न संसदमा रहेका दललाई सभामुख घिमिरेको आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको

जेफ बेजोसको विवाहमा विरोध प्रदर्शन

काठमाडौं – विश्वकै धनाढ्य व्यक्तिहरुको सूचीमा पर्ने जेफ बेजोसले अमेरिकी

आणविक बम बनाउने सोच नभएको इरानी दाबी

तेहरान – इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य