त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

यो विषयमा अस्पतालले औपचारिक जानकारी दिएको छैन । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

त्रिवि शिक्षण अस्‍पताल स्रोतका अनुसार उपचाररत ती बालिका अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना भाइरस पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा प्रेस खड्गाले बताए ।

डा खड्गाका अनुसार बालिकालाई कोरोना विशेष वार्डमा व्यवस्थापन गरी उनको सम्पर्कमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको पहिचानको काम भइरहेको छ ।

बालिकासँग सम्पर्कमा रहेका सबैको पहिचान खुलेपछि केही समयमा अस्पतालले थप जानकारीसहित प्रेस विज्ञप्ति निकाल्ने पनि डा खड्गाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गासहित अहिले छलफलमा रहेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने अस्पताल स्रोतले जनाएको  छ।

स्वास्थ्य मन्त्रालयका आज (बिहीबार) बिहान सवा ६ बजे सार्वजनिक गरेको २ संक्रमित मध्ये ती बालिका एक हुन् । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ५६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत