शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना परीक्षण हुँदै « Khabarhub

शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना परीक्षण हुँदै


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना परीक्षण सुरु भएको छ ।

अस्‍पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्ट भएपछि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको थ्रोटस्वाव संकलन भइरहेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।

अहिलेसम्म ५० जनाको नमूना संकलन गरिएको जानकारी दिँदै कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणको नमूना संकलन गरिने बताए ।

बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि न्यूरो सर्जरी बेडमा रहेकी बालिकालाई गणेशमान भवनको आइसोलेसन क्याविनमा राखिएको छ । उनीसँग सम्पर्कमा रहेका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा प्रेम कृष्ण खड्गाले बताए ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : ४३ बजे

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत