कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डिसिभिर औषधि बनाउन अमेरिकले गर्‍यो सम्झौता « Khabarhub

कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डिसिभिर औषधि बनाउन अमेरिकले गर्‍यो सम्झौता


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ ।

भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त औषधि विश्वका १२७ देशमा आपूर्ति गरिनेछ । जिलिडले यी दुई देशका पाँचवटा औषधि बनाउने कम्पनीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ ।

विश्वभरिका अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणबाट रेम्डिसिभिर प्रयाेग गर्दा १५ दिन देखिने सुधारकाे लक्षण ११ दिनमा पाइएको छ । रेम्डिसिभिर यसअघि इबोलाको उपचारका लागि विकास गरिएको थियो ।

अमेरिकी ‘नेशनल इन्स्टिच्युट अफ एलर्जि एण्ड इन्फेक्शस डिजिज’ले गरेको परीक्षण प्रयोगशालाबाट रेम्डिसिभिरको प्रयोग कोभिड–१९ का सङ्क्रमितमा सुहाउँदो फेला परेको छ । यद्यपि सङ्क्रमणबाट हुने मृत्युमा रेम्डिसिभिरको प्रभावबारे अझै स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १० : ०६ बजे

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर