गुआइदोलाई सार्वजनिक पद धारण गर्न १५ वर्षको प्रतिबन्ध « Khabarhub

गुआइदोलाई सार्वजनिक पद धारण गर्न १५ वर्षको प्रतिबन्ध


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई १५ वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउनेगरी प्रतिबन्धको घोषणा गरिएको छ ।

भेनेजुएलाको लेखापरीक्षक अल्भिस अमोरोसोले गुआइदोको सम्पत्ति विवरणमा ठूलो गडबडी देखिएकाले उनीविरुद्ध प्रचलित कानून अनुसार १५ वर्ष सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

गुआइदोले आफ्नो विदेश भ्रमण खर्च कहाँबाट ल्याए भन्ने प्रश्नको जवाफ दिन नसकेको त्यहाँका लेखापरीक्षकको भनाइ छ । गत महिना गुआइदोले विभिन्न ल्याटिन अमेरिकी मुलुकको भ्रमण गरी निकोलस मादुरोलाई सत्ताबाट हटाउन कुटनीतिक पहल गरेका थिए ।

त्यसैअनुसार त्यहाँको लेखापरीक्षकको कार्यालयले उनको सम्पत्ति विवरणबारे अनुसन्धान थालेको थियो । यता गुआइदोले भने आफूलाई १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न नपाउने गरी लेखापरीक्षकले गरेको प्रतिबन्धको घोषणाको वैधानिकता नभएको प्रतिक्रिया दिएका छन् ।

उनले मुलुकको वैधानिक संसद्ले अमोरोसोलाई लेखापरीक्षक चयन नै नगरेकाले अमोरोसोले गरेको घोषणाको वैधानिकता नभएको जनाएका हुन् ।

गत जनवरीमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकासहितका पश्चिमा मुलुकले राष्ट्रपतिको मान्यता दिएका थिए भने चीन र रुससहितका अन्य मुलुकले मादुरोलाई नै राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : ३९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले