धनगढी प्रिमियर लिग- धनगढी स्टार्सले दुई विदेशी खेलाडी भित्र्यायो | Khabarhub Khabarhub

धनगढी प्रिमियर लिग- धनगढी स्टार्सले दुई विदेशी खेलाडी भित्र्यायो


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ ।

क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

सागर त्रिवेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । राष्ट्रिय टोलीका रणनीतिक खेलाडी (मार्की प्लेयर) अलराउण्डर सोमपाल कामी रहेको धनगढीमा अन्य खेलाडी पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सुनील धमला, सन्दीप रजाली र धिरज छन् ।

प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रूपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि चौराह धनगढी टोलीले जितेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४१ बजे

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म

गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं- नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण