कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको छ।

पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको बताए ।

ढकालका अनुसार उनको शव शनिबार राति ९ बजे पशुपति आर्यघाटमा पुर्‍याइएको थयो । कोरोनाका कारण महिलाको मृत्यु भएकाले शब जलाउन पीपीई लगाएका सुरक्षाकर्मी र दुईजना आफन्त मात्र उपस्थित थिए ।

कोरोना संक्रमितको शव ल्याउनु अघि नै पशुपति क्षेत्रलाई सील गरिएको थियो ।

कोषका सदस्य सचिव ढकालले खबरहबसँग भने, ‘संक्रमित महिला भएकाले सुरक्षाकर्मीको टोली पनि आउनुभएको थियो तर  हाम्रो शवदाह गृहका दुईजना कर्मचारीले पीपीई लगाएरै शवको अन्त्यष्टि गरे ।’

कोषका सदस्य सचिव ढकालका अनुसार संक्रमित महिलाको शव जलाउनु अघि शवगृहलाई निसंक्रमण औषधि छर्किएको थियो ।

कोभिड १९ कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवसथपन सम्बन्धि कार्यविधि अनुसार उनको शव जलाइएको सदस्यसचिव ढकालले बताए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : २१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका