स्याङ्जामा विप्लव नेकपाका २ नेता पक्राउ « Khabarhub

स्याङ्जामा विप्लव नेकपाका २ नेता पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै विभिन्न जिल्लामा उसका नेता तथा कार्यकता धमाधम पक्राउ पर्न थालेका छन् । शुक्रबार स्याङ्जामा दुई जना विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भनिने गोविन्द ओलीलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका २७ घर भएका अधिकारी केही समय अघि मात्रै विप्लप नेतृत्व पार्टी नेकपा स्याङ्जाको सेक्रेटरी भएर काम थालेका थिए । त्यस्तै, मजदुर महासंघ स्याङ्जा अध्यक्ष पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका १ का स्थायी बासिन्दा हुन् ।

पक्राउ परेको दुबै जनालाई प्रहरी पुतलीबजार नगरपालिका १३ छहरी खोलातर्फ मोटरसाईकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार राज्य विरुद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा उनीहरुमाथि अनुसन्धान थालिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उनीहरुका गतिविधिलाई सुरक्षा निकायले कडा निगरानी राखेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ४६ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर