२८ वर्षका पाकिस्तानी डाक्टरलाई अमेरिकी अदालतले गर्‍यो आतंकवादी ठहर | Khabarhub Khabarhub

२८ वर्षका पाकिस्तानी डाक्टरलाई अमेरिकी अदालतले गर्‍यो आतंकवादी ठहर


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन-अमेरिकी अदालतले एक पाकिस्तानी डाक्टरलाई आतंकवादमा सहभागी भएको भन्दै दोषी ठहर गरेको छ ।

मुहम्मद मसूद आइएसआइएसको सम्पर्कमा रहेको र अमेरिकामा आक्रमण गर्न चाहेको अदालतले ठहर गरेको हो ।

मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १९ मा मसूदलाई गिरफ्तार गरिएको थियो । १९ मार्चमा मसूद रचेस्टरबाट मिनियापोलिसको सेन्ट पल विकानस्थल पुगेका थिए त्यहाँबाट लस एन्जल्स जान लागेका बेला विमानस्थलमा एफबीआइको ज्वाइन्ट टेरोरिजम टास्क फोर्सले पक्राउ गरेको थियो

उनी एच वन बी भिसामा अमेरिका गएका थिए । उनी रचेस्टरको एक मेडिकल क्लिनिकमा रिसर्च कोअर्डिनेटरको रुपमा कार्यरत थिए ।

अदालतमा पेश गरिएका दस्तावेजका अनुसार मसूदले जनवरीदेखि मार्चसम्म कैयौं पटक आइएसआइएस आतंकवादीहरुसँग कुरा गरेको खुलेको छ । उनी सिरिया गएर आतंकवादी संगठनको लागि लड्ने इच्छा देखाएको समेत खुलेको छ ।

मसूदले २१ फेब्रुअरीका लागि शिकागोबाट अम्मानको लागि हवाइ टिकट किनेका थिए । त्यहाँबाट उनी सिरिया जान चाहन्थे । तर जोर्डनले कोरोनाभाइरसका कारण अन्य देशबाट आउने उडान बन्द गरेपछि उनको योजना विफल भएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ४७ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति