अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भने- ट्रम्प प्रशासन विध्वंशतिर उन्मुख भयो « Khabarhub

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भने- ट्रम्प प्रशासन विध्वंशतिर उन्मुख भयो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ट्रम्प प्रशासनको काम–कारबाहीप्रति अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कडा आलोचना गरेका छन् । कोभिड–१९ को महामारीसँग जुध्नका लागि सरकारले केही पर्याप्त काम नगरेको उनको आरोप छ ।

अश्वेत विद्यार्थीको दीक्षान्त समारोहलाई अनलाइनमार्फत सम्बोधन गर्दै उनले श्वेत व्यक्तिको तुलनामा अश्वेत समुदायमा कोरोनाको भयानक असर परिरहेको उल्लेख गरेका छन् । ओबामाले कोरोना संकटले अमेरिकी स्वास्थ्य व्यवस्थामा जातीय असमानता उजागर गरेको बताएका छन् ।

ओबामाले अहमद आर्बरीको हत्याको विषयमा उनको नाम नलिइकनै रोष व्यक्त गरे । २३ फेब्रुअरीमा जर्जियामा जगिङ गर्न जाँदा २५ वर्षका युवकको गोली हानी हत्या गरिएको थियो ।

उनले कोरोनाभाइरसबाट फैलिएको महामारीसँग ट्रम्प प्रशासन जुध्न नसकेको बरु त्यो विध्वंशतिर उन्मुख भएको बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरसका १५ लाख ७ हजार बढी संक्रमित छन् र मृतकको संख्या साढे ९० हजार नाघेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : २२ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ