कोरोना भाइरस : विश्वभर ४७ लाख ९८ हजार संक्रमित, ३ लाख १६ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ४७ लाख ९८ हजार संक्रमित, ३ लाख १६ हजारको मृत्यु


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ ।

१७ लाख ८० हजार ७५३ जना संक्रमित भएकोमा ७ लाख ६९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ८३ हजार ४३६ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २३ हजार २१७ जनाको मृत्यु भएको छ । ४ लाख ४० हजार १८२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ७७७ जनाको ज्यान गएको छ भने ८६ हजार ३७६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६४८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ८१ हजार ७५२ जना संक्रमित भएका छन् भने २ जहार ६३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ०२ बजे

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र