धनकुटामा कोरोना संक्रमित भेटिएपछि बजार क्षेत्र सिल, सेना समेत परिचालन | Khabarhub Khabarhub

धनकुटामा कोरोना संक्रमित भेटिएपछि बजार क्षेत्र सिल, सेना समेत परिचालन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ ।

आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

धनकुटाको सब्जीलाइन, बसपार्क, जिरोप्वाइन्ट, परिचयमोड, यलम्बर चोक, मधुगंगा सिनेमा हल र त्रिवेणी चोक क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

सिल गरिएकोे क्षेत्रमा आवागनम पूर्ण रुपमा निषेध गर्न नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइतबार गरिएको परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया नर्समा कोरोना संक्रमण पुष्‍टि भएको थियो ।

धनकुटामा पहिलो पटक कोरोना संक्रमण भेटिएसँगै बजारक्षेत्र सिल गरिएपछि अहिले सो क्षेत्र सुनसान बनेको छ ।

यसैबीच संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेशनमा रहेकी  संक्रमितलाई आजै बिराटनगर स्थित कोरोना विशेष अस्पताल लैजाने तयारी थालिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुकाे खोजी जारी राख्दै उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी समेत थालिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको सूचना अधिकारी श्रेष्ठले बताए । संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र नगएको हुँदा अन्य संक्रमित बिरामी मार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ३० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी