काठमाडौं – युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा थप १ हजार २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ७१९ पुगेको छ । एकै दिन ८७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ६५० पुगेको छ ।
१ लाख ९५ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार १२४ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया