धनुषामा पेस्तोलसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

धनुषामा पेस्तोलसहित दुई जना पक्राउ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुई जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाका अनुसार विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा पेस्तोल फेला परेको हो।

प्रहरी नायब उपरीक्षक सापकोटाले पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको बताए ।

पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ५७ बजे

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र

‘प्रतिशोधका आधारमा माधव नेपालमाथि मुद्दा चलाइयो’

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा