कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन « Khabarhub

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी महिलाको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले संक्रमित बसेको घर, छिमेकी घर र संक्रमितले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिए ।

स्वाब सङ्कलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताए । टोखा नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सिल गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : ३७ बजे

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन

रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी

काठमाडौं – स्पेनले १६ वर्षपछि राष्ट्रिय फुटबल टिमको जर्सीमा अर्को

विपद् घटनामा २ जनाको मृत्यु, १५ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग

नयाँदिल्ली- भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाका परीक्षामा प्रश्नपत्र चुहावट भएको