लकडाउनको असर पुष्प व्यवसायमा, ३ महिनादेखिको उत्पादन नष्ट | Khabarhub Khabarhub

लकडाउनको असर पुष्प व्यवसायमा, ३ महिनादेखिको उत्पादन नष्ट


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय पनि प्रभावित भएको छ । बजार पूर्ण रुपमा बन्द छ ।

कुनैपनि औपचारिक कार्यक्रमहरु भएका छैनन् । जसले गर्दा फुलको माग शुन्य छ । फूलको माग नै नभएपछि अहिले यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ ।

लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प छन् । पर्यटन क्षेत्र, उत्पादन क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र सबै बन्द छन् । कृषिमा पनि पुष्प व्यवसायमा सबैभन्दा धेरै असर परेको छ ।

दुई महिना यता फूल बिक्री नभएको पुष्प व्यावसायीहरु बताउँछन् । बजारमा फुलको माग नै नभएपछि दैनिक १ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कोरोना भाइरसको असर देखिन थालेदेखि नै औपचारिक कार्यक्रम नभएको र सरकारले कुनैपनि कार्यक्रम नगर्न भनेपछि गत फागुन महिना देखि नै फुलको माग घटेको श्रेष्ठले बताए ।

भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरी यस वर्ष फूलको उत्पादन बढाउन लगानी वृद्धि भएको थियो । फूलको उत्पादन पनि बढेको छ । तर बजार नहुँदा सबै उत्पादन खेर गइरहेको छ । अध्यक्ष कसजुले तीन महिनाको उत्पादन पूर्ण रुपमा क्षति भएको बताए ।

६ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको यस क्षेत्रमा बैंकबाट ऋण लिएर व्यावसाय गर्नेहरु धेरै छन् । अध्यक्ष कसजुले व्यवसाय नै ठप्प भएपछि बैंकले समेत सहयोग गर्नुपर्ने बताए ।

ऋण उठाउने समय अवधिलाई एक वर्ष थप्नु पर्ने, व्यवसायलाई बचाउनका लागि पुर्नकर्जाको व्यवस्था हुनुपर्ने उनले बताए ।

सरकारले पनि तत्कालिन रुपमा व्यवसायलाई पुनः सुचारु गर्न राहत दिनुपर्ने र दीर्घकालिन रुपमा पनि संकट आउन नदिन सहयोग गर्नुपर्ने अध्यक्ष कसजुले बताए ।

यस्तै लकडाउन लम्बिदै गएपछि नर्सरीमा काम गर्ने श्रमिकहरु पनि बेरोजगार बनेका छन् । तरपनि पुष्प व्यावसायीहरुले आफ्नो दायित्व भने पुरा गरेका छन् । नर्सरीको सम्पर्कमा रहेका सबै श्रमिकहरुलाई समयमै तलब दिने व्यवस्था मिलाइएको अध्यक्ष कसजुले बताए ।

उनले फ्ल्लोरिकल्चर एसोसिएसनमा आवद्ध भएका सबै नर्सरीहरुले समयमै तलब दिएको र कसैले दिन नसक्ने अवस्था भए संघको पहलमा राहतको व्यवस्था मिलाइएको बताए ।

पुष्प व्यवसायमा पनि कट फ्लावर व्यवसायमा सत प्रतिशत क्षति भएको व्यावसायीहरु बताउँछन् । बिक्रीका लागि तयार भएको कट फ्लावरले बजार पाउन नसक्दा पूर्ण रुपमा नष्ट भएको छ ।

देशभर ४३ जिल्लामा १ हजार भन्दा बढी पुष्प व्यावसायीहरु रहेका छन । फ्लोरिकल्चर एसोसिएसन नेपालमा ७ सय बढी व्यावसायी आवद्ध छन् । त्यस्तै देशभर प्रतक्ष अप्रतक्ष रुपमा ४३ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

पुष्प व्यवसायमा देशभर ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको व्यावसायीहरु बताउँछन् । लकडाउनका कारण बजार बन्द भएपछि फुलको माग घटेको छ र यसबाट व्यावसायीहरुलाई करोडौं नोक्सानी भएको छ ।

लकडाउन अझै बढ्दै जाँदा यस्तो नोक्सानी अर्बौ रुपैयाँ सम्म पुग्ने व्यावसायीहरु बताउँछन् । लकडाउन खुलेपछि व्यवसायलाई फेरी सुचारु गर्न अभाव हुने पूँजीको व्यवस्थापनामा सरकारले सहयोग गर्ने अपेक्षामा व्यावसायीहरु छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ३ : ३० बजे

कसका कारण भाँडियो दलहरूबीच जुटिसकेको सहमति?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको

आईपिएल फाइनल : कोलकाताविरुद्ध पहिले ब्याटिङ गर्दै हैदरावाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा सनराइजर्स

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन

सरकारले बजेटमार्फत् वित्तीय औजार चलाओस्‌ : अर्थविद् आचार्य (भिडियो)

काठमाडौं– अर्थविद् केशव आचार्यले आर्थिक शिथिलता हटाउन सरकारले अबको बजेटमार्फत

नेपालमा डाक्टरको संख्या विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

काठमाडौं- नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको