अफगानिस्तानमा बाढीबाट १७ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढीबाट १७ जनाको मृत्यु


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– अफगानिस्तानमा आएको बाढीबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भारी वर्षासँगै बाढी आएको हो ।

बाढीबाट अरु दर्जनौँ घाइते भएका छन् । पश्चिमी अफगानिस्तानका जवजवान, बदघिस, हेरात, सर ए पुल र अन्य प्रान्तहरु बाढीबाट प्रभावित भएका छन् ।

बाढीले जवजवान प्रान्तमा १२ जनाको, हेरात र बदघिस प्रान्तमा २–२ जनाको र सर ए पुलमा एक जनाको ज्यान गएको हो ।

बाढीले ५ सयभन्दा धेरै घरमा क्षति पु¥याएको अफगान अधिकारीले जनाएका छन् । बाढीले अघिल्लो वर्ष खडेरीबाट विस्थापित भएका आएका लाखौँ मानिसहरु प्रभावित भएको बताइएको छ ।

बाढीले उसैपनि विकासका पूर्वाधारको कमी रहेका क्षेत्रमा भएका पूर्वाधारमा पनि क्षति पुगेको छ । यसअघि अफगानिस्तानको छिमेकी मुलुक इरानमा पनि यस्तै किसिमको भयानक बाढी आउँदा दर्जनौको मारिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  २ : २९ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार