अफगानिस्तानमा बाढीबाट १७ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढीबाट १७ जनाको मृत्यु


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– अफगानिस्तानमा आएको बाढीबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भारी वर्षासँगै बाढी आएको हो ।

बाढीबाट अरु दर्जनौँ घाइते भएका छन् । पश्चिमी अफगानिस्तानका जवजवान, बदघिस, हेरात, सर ए पुल र अन्य प्रान्तहरु बाढीबाट प्रभावित भएका छन् ।

बाढीले जवजवान प्रान्तमा १२ जनाको, हेरात र बदघिस प्रान्तमा २–२ जनाको र सर ए पुलमा एक जनाको ज्यान गएको हो ।

बाढीले ५ सयभन्दा धेरै घरमा क्षति पु¥याएको अफगान अधिकारीले जनाएका छन् । बाढीले अघिल्लो वर्ष खडेरीबाट विस्थापित भएका आएका लाखौँ मानिसहरु प्रभावित भएको बताइएको छ ।

बाढीले उसैपनि विकासका पूर्वाधारको कमी रहेका क्षेत्रमा भएका पूर्वाधारमा पनि क्षति पुगेको छ । यसअघि अफगानिस्तानको छिमेकी मुलुक इरानमा पनि यस्तै किसिमको भयानक बाढी आउँदा दर्जनौको मारिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  २ : २९ बजे

मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

झापा– आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

अपाङ्गता व्यक्तिको संवधौनिक अधिकार कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार पूर्णरुपमा

स्पेनिस ला लिगा : बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत बुधबार राति भएको खेलमा

नेपाल–चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौं– जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको