नियम परिवर्तन गर्दै आईसीसी, अब थुकले बल टल्काउन नपाइने | Khabarhub Khabarhub

नियम परिवर्तन गर्दै आईसीसी, अब थुकले बल टल्काउन नपाइने


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष नोबेल कोरोना भाइरस (कोभिड १९) को त्रासका बीच केही नियम परिवर्तनका लागि प्रस्ताव गरेको छ।

आईसीसीले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका जोखिमलाई मध्यनजर गर्दै खेलाडी र अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियम परिवर्तनका लागि प्रस्ताव गरेको हो ।

आईसीसीको उक्त प्यानलले म्याच बल नन न्युट्रल अम्पायरबारे छलफल गरेको हो । जसमा कोरोनाको त्रासका बीच आईसीसीका खेल भए त्यसमा खेलका क्रममा मैदानमा खेलाडीले अब थुक लगाएर बल टल्काउन पाउने छैनन् ।

डाक्टरहरुसँगको सल्लाह पनि उक्त निर्णय भएको आईसीसी क्रिकेट कमिटिले जनाएको छ । थुकमा र्याल हुने र त्यसले भाइरस सार्न सघाउने भइकाले यस्तो नियम ल्याउन लागिइको जनाइएको छ । तर, पसिनाबाट भाइरस सर्ने चुनौति कम भएकाले पसिनाले बल टल्काउन पाइने प्रस्ताव गरिएको छ ।

यस्तै, आईसीसी क्रिकेट कमिटीले टेष्ट, ओडिआई र टी २०आई म्याचमा म्याच अफिसियलहरु नियुक्त गर्ने विषयमा समेत परिवर्तनका लागि प्रस्ताव गरेको छ । २००२ यता आईसीसीले सहभागी टिमबाट अफिसियलहरु नियुक्त गरेको छैन ।

अहिलेको अवस्थामा ट्राभलका लागि चुनौती रहेको, क्वारेन्टिनमा बस्नैपर्ने नियम रहेको जस्ता विषयले गर्दा क्रिकेट कमिटीले केही समयका लागि स्थानीय म्याच अफिसियललाई नियुक्त गर्न सकिने प्रस्ताव राखेको हो ।

यस विषयमा आईसीसीले लोकल एलाइट र इन्टरनेशनल पयानल रेफ्री र अम्पायरबाट तय गर्नेछ । यदि त्यहाँ इलाइट प्यानल म्याच अफिसियल नभएमा सबैभन्दा उत्कृष्ट लोकल इन्टरनेशनल म्याच अफिसियल नियुक्त गर्न सकिने उल्लेख छ ।

कोरोना भाइरसको त्रासलाई ध्यानमा राखि ल्याइएको उक्त परिवर्तनको प्रस्तावलाई सकारात्मक रुपमा लिइएको क्रिकेट कमिटीका अध्यक्ष अनिल कुम्लेले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ५३ बजे

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा