जाडोमा चाया परेर हैरान हुनुहुन्छ ? यी हुन् बच्ने उपाय « Khabarhub

जाडोमा चाया परेर हैरान हुनुहुन्छ ? यी हुन् बच्ने उपाय


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कपालमा चाया पर्ने समस्याको शिकार अधिकांश व्यक्ति भइरहेका हुन्छन् ।

जाडो होस् या गर्मी कपालमा चाया पर्ने समस्या हुन्छ । चायाका कारण कतिपयलाई यसले ठूलै सास्ति दिइरहेको हुन्छ भने व्यक्तिको व्यक्तित्वमा पनि यसले असर पार्छ ।

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ ।

किन पर्छ चया ?

सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ हो । कपालको हेरचाह नै चायाको मुख्य कारण हो । यदी तपाईले कपालको हेरचाहमा ध्यान पुर्‍याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ ।

शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।
लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

कसरी बच्ने ?

चायाबाट बच्नका लागि कपालको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक छ । यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँछ ।

भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ । एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ५१ बजे

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ– काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय एक दिनको अवधिमा एक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी– मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली

कोशी टापु आरक्षणमा जंगली अर्ना (तस्बिरहरू)

काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा