सुर्तीजन्य पदार्थको प्रयोग घटाइ कर बढाउन सुझाव | Khabarhub Khabarhub

सुर्तीजन्य पदार्थको प्रयोग घटाइ कर बढाउन सुझाव


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने एक अध्ययनले सुझाएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले संयुक्तरुपमा आज भर्चुअल पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सुर्तीजन्य पदार्थको सेवन गर्ने कोभिड–१९ को उच्च जोखिममा रहेको हुनाले पनि सुर्तीजन्य पदार्थको कर बृद्धि गरे राजश्व बढ्ने र सुर्तीजन्य पदार्थ सेवन निरुत्साहित हुने सुझाव दिइएको छ ।

प्रतिष्ठानले उक्त अनुसन्धान राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको संयोजनमा नेपाल अर्बुद रोग निवारण संस्था, क्यान्सर रिसर्च यूके, विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा सन् २०१९ को अन्तदेखि २०२० को शुरुसम्म गरेको थियो । अनुसन्धानमा ४९ जिल्लामा दुई हजार ८०० घरधुरीको सर्भेक्षण गरिएको थियो ।

नेपालले विश्व स्वास्थ्य सङ्गठनको सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि भएको सम्मेलन लाई सन् २००६ मा अनुमोदन गरेको छ । नेपाल सरकारको सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी नीतिमध्ये सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशतसम्म स्वास्थ्य चेतावनीमूलक जानकारी राखिएको कारणले अन्तर्राष्ट्रियस्तरबाट मान्यता पाएको छ ।

तर करसम्बन्धी नीतिमा भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम रहेको प्रतिष्ठानले जनाएको छ । चुरोटमा लाग्ने कर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको कम्तीमा ७० प्रतिशत हुनुपर्नेमा नेपालमा २७ प्रतिशत मात्र रहेका प्रतिवेदनमा उल्लेख छ ।

नेपालले खुद्रा मूल्यको १५ दशमलव पाँच प्रतिशत (मुल्य अभिवृद्धि कर बाहेक) मात्र सुर्तीजन्य पदार्थमा कर लगाएको छ । जुन दक्षिण एशियाली देशमध्ये सबैभन्दा कम भएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ ।

प्रतिष्ठानले हाल सुर्तीजन्य करलाई बढाउने र नेपाल सरकारले विद्यमान कर प्रणालीको सट्टा आगामी बजेटमा ५५ देखि ७५ प्रतिशतसम्मको वैज्ञानिक कर प्रणाली लागू गर्न यस अध्ययनबाट आएको निचोडको आधारमा सिफारिस गरेको छ ।

अनुसन्धानको निष्कर्षको आधारमा प्रतिष्ठानले आगामी आर्थिक वर्षको बजेटमा सुर्तीजन्य पदार्थको करको दायरा वृद्धि गर्नको लागि आह्वान गरेको छ । प्रस्तावित कर वृद्धिले लगभग रु चार अर्बको राजश्व सङ्कलन हुनुकासाथै ४३ करोड ३० लाख चुरोट खपतमा कमी आउने आकलन गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : २५ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न