कोरोना संक्रमितको उपचार गर्न पोखरामा नौ श्ययाको आइसियु तयारी हुँदै « Khabarhub

कोरोना संक्रमितको उपचार गर्न पोखरामा नौ श्ययाको आइसियु तयारी हुँदै


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – कोभिड–१९ का बिरामीको उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ श्ययाको सघन उपचार कक्ष (आइसियु) तयार गरिने भएको छ । सो अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ ।

पछिल्ला दिन कोरोनाको जोखिम बढेसँगै अस्पतालमा सम्भावित गम्भीर अवस्थाका बिरामीको उपचारलाई लक्ष्यित गरी विशेष सुविधासहितको कोभिड उपचारमैत्री श्यया निर्माण भइरहेको जनाइएको छ ।

अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि तीन÷चार दिनभित्रमा सुविधासम्पन्न आइसियु तयार हुने जानकारी दिए ।

आइसियुको हाल रहेको ११ श्यया क्षमताबाट घटाएर सहज उपचारका लागि नौ श्ययामा सीमित गर्न लागिएको छ । अस्पतालले रु २० लाख लागतमा विशेषखालको उपचार कक्ष निर्माण गरिरहेको जनाएको छ ।

सरकारले सो अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचारका लागि अस्पताललाई तोकिएको हो ।

त्यसैगरी हालको मेडिकल वार्डमा समेत २५ श्यया कोरोनाका बिरामीको उपचारका लागि तयार गर्न लागिएको अस्पतालले जनाएको छ । आवश्यकतानुसार सो कक्षमा श्यया विस्तार गर्न सकिने उनले बताए ।

“तत्काल कोरोनाका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गम्भीर अवस्थाका बिरामीका लागि केही दिनमा नै आइसियु र मेडिकल वार्डमा उपचारको प्रबन्ध गरिने छ, अहिले त्यसको काम भइरहेको छ”, उनले भने ।

कोभिड–१९ पुष्टि भएका गम्भीर अवस्थाका बिरामी दुईजनासम्मलाई आइसोलेशनमा उपचारका लागि दुई श्यया तयारी अवस्थामा रहेको बताइन्छ ।

डेडिकेटेड अस्पताल तोकिएको गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा १० श्ययाको आइसोलेशन यसअघि नै तयारी अवस्थामा छ ।

सरकारले आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा आइसियु व्यवस्थापनका लागि अस्पताललाई रु ६ करोड बजेट पठाएको थियो ।

लेबल एक कोभिड अस्पतालले सामान्य केस व्यवस्थापन आफैँ गर्नुपर्छ भने बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने उल्लेख छ ।

लेबल दुई कोभिड अस्पतालले मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम, जटिल साथै अति जटिल बिरामीलाई आइसियु केयरमा उपचार गर्नुपर्ने सरकारले जारी गरेको उपचार निर्देशिकामा उल्लेख छ ।

कोरोनाका बिरामीको उपचारका लागि प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा गरी २८३ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

जिल्लामा पुष्टि भएका बिरामीको उपचार सम्बन्धित जिल्लामा गर्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम, अस्पतालमा उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनको काम गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ३ : ५५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर