नायिका शर्माले लेखिन् : मनिषा कसैको कृपा र परोपकारले बलिउडमा छाएकी होइनन् « Khabarhub

नायिका शर्माले लेखिन् : मनिषा कसैको कृपा र परोपकारले बलिउडमा छाएकी होइनन्


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले लिम्पुयाधिरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विषयमा ट्वीट गरेपछि नायिका मनिषा कोइराला विवादमा तानिएकी छिन् ।

भारतीय मिडियाहरुले उनको आलोचना गरेपनि नेपालीहरुले भने उनलाई साथ दिँदै प्रसंशा गरिरहेका छन् । नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोइरालाले नेपालको प्रयास सकारात्मक भएको बताउँदा भारतीय मिडियाहरु उनीमाथि नै खनिएका छन् ।

उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियाले उनलाई ‘खाते भारतका और गाते चीनका’ भन्दै तुच्छ गालीगलौज गरेका छन् ।

भारतीय मिडियाले मनिषाको विरोध गरेपनि नेपाली कलाकारहरुले भने उनको साथ दिइरहेका छन ।

यसैक्रममाअभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको बताएकी छिन् ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको र कसैको कृपा र परोपकारले उनी बलिउडमा नछाएको बताएकी छिन् ।

उनले लेखेकी छिन् – चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’ मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।

प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन । म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।

तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ०५ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल