१२ सय किलोमिटर साइकल चलाएर घर फर्किएकी ज्योतिलाई सिएफआईले अवसर दिने | Khabarhub Khabarhub

१२ सय किलोमिटर साइकल चलाएर घर फर्किएकी ज्योतिलाई सिएफआईले अवसर दिने


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड १९) ले भारतमा लकडाउन भएको दुई महिना भन्दा लामो समय भइसकेको छ ।

लकडाउनले दैनिकी प्रभावत भएपछि १५ वर्षीया ज्योति १२ सय किलोमिटरको साइकल यात्रा तय गर्दै घर फर्किएकी छन् ।

आफ्ना बुबालाई साइकलमा बसाएर दिल्लीको गुरुगाउँबाट १२ सय किलोमीटरको दुरी पार गर्दै बिहारको दरभंगशास्थित आफ्नो घर पुगेकी हुन् ।

उक्त दुरी ७ दिन लगाएर पुरा गर्दै घर पुगेकी ज्योतिलाई भारतीय साइकिलिङ फेडेरेसन (सिएफआई)ले खेलका लागि एक अवसर दिने भएको छ ।

भारतीय साइक्लिङ फेडेरेसनका अध्यक्ष वीएन सिंहले सिएफआईले दिने ट्रायलमा राम्रो गर्न सके उनका लागि व्यवस्थित अभ्यार र प्रशिक्षकको व्यवस्था गर्ने बताएका छन् ।

गुरुगाउँबाट दरभंगा पुगेकी ज्योतिले दूई जना साइकलमा हुँदा पनि दैनिक सयदेखि १५० किलोमिटरको दुरी पार गरेको समाचारहरुमा भनिएको छ ।

विएन सिंहले आफुहरु यस्तै प्रतिभावान खेलाडीको खोजीमा रहेको बताएका छन् । यस्तै उनले कुनै १४–१५ वर्षकी बच्चीले दिनको सयदेखि १५० किलोमिटर साइकल चलाउनु सामान्य कुरा नभएको बताएका छन् ।

ज्योतिका बुबा गुरुग्राममा रिक्सा चलाएर गुजारा गरिरहेका थिए । तर, दुर्घटनामा परेपछि ज्योति आफ्न्तसँग दरभंगाबाट बुबाको हेरचहाका लागि गुरुग्राम पुगेकी थिइन् ।

यहिँ बीच कोभिड १९ ले गर्दा लकडाउन घोषणा भयो । जसले उनको कामकाज ठप्प भयो । काम ठप्प भएपछि दैनिकी कठिन बन्न थालेपछि ज्योतिले बुबालाई लिएर गाउँ फर्किने योजनासहित घर फर्किएकी हुन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर