लिम्पियाधुरासम्मको भूमि नेपालको हो, भारतले तथ्य स्वीकार्नुपर्छ : अभिनेता हमाल « Khabarhub

लिम्पियाधुरासम्मको भूमि नेपालको हो, भारतले तथ्य स्वीकार्नुपर्छ : अभिनेता हमाल


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको बताउँदै भारतले यस तथ्यलाई स्वीकार्नुपर्ने बताएका छन्।

आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश सार्वजनिक गर्दै हमालले भारतले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेका हुन् ।

हमाल भन्छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पुरा प्रमाण छ। हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ। भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमति बिनै सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको छ। नेपालीहरुले भारतको कडा विरोध गरिरहेको समयमा हमालको पछिल्लो भनाइ आएको हो।

नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ।

सत्य र तथ्यलाई नमानेर भारतले निरन्तर सीमा विवाद झिकेको हमालको आरोप छ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ५० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००