नेपाली खेलकुद कहिले सुरु हुन्छ भन्न सक्ने अवस्था छैन – मन्त्री विश्वकर्मा | Khabarhub Khabarhub

नेपाली खेलकुद कहिले सुरु हुन्छ भन्न सक्ने अवस्था छैन – मन्त्री विश्वकर्मा


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा रोकिएका खेल गतिविधिहरु कहिले देखि सूचारु हुन्छ भन्ने अहिले अनुमान गर्न नसकिने बताएका छन् ।

कोरोना भाइरसका कारण फागुन अन्तिम सातादेखि नेपालमा खेलकुद गतिविधि बन्द छन् । अन्तिममा रोकिएको शहीद स्मारक बी डिभिजन लिग हो । जुन चैत ५ गतेदेखि स्थगित भएको थियो ।

सुरुमा एक हप्ताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित गरेको थियो भने चैत ११ गतेदेखि देश नैलकडाउनमा गएपछि सबै गतिविधि बन्द छन् ।

लकडाउन गरेको दुई महिना पुग्नै लाग्दा नेपालमा कोरोनाको जोखिम झन बढ्दै गएको छ । तर, लकडाउनमै पनि अन्य मुलुकहरुले खेल गतिविधि सूचारुगरिसकेका छन् ।

यस्तो नेपाली खेलाडीहरुले खेलकुदका लागि नयाँ मापदण्ड बनाएर भएपनि खेलकुद गतिविधि सुरु गर्नु पर्ने माग गरिरहँदा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले तत्काल यसबारे कुनै योजना नरेहको बताउँछन् ।

‘अहिले हामीले तत्कालका अवस्थामा खेल गतिविधि सुचारु गर्न सकिने भन्ने छैन । तर, लकडाउन सकिएपछि वा कोरोनाको जोखिम कम हुँदै गयो भने व्यवस्थीत तरिकाले खेलकुद सुरु हुनेछ,’ मन्त्री विश्वकर्माले भने ।

कोरोना भाइरसका कारण लामो समय खेलगतिविधि नहुँदा यसले लामो समय असर गर्ने बारे छलफल भइरहेको र त्यसबाट उम्किने उपायको खोजि भइरहेको मन्त्री विश्वकर्माले भने ।

‘कोरोना संक्रमणको महामारले सबै क्षेत्रलाई प्रत्यक्ष असर गरेको छ । खेलकुदका पनि सबै गतिविधि अवरुद्ध छन् । भाइरस कहिलेसम्म रोकिएला भन्ने आकंलन गर्न नसकिएको अवस्थामा भविष्यमा यसले असर गर्छ भन्ने हामीले अनुमान लगाउन सक्छौं,’ उनले भने, ‘त्यसलाई कसरी न्युनीकरण गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ५३ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो