थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ५४८ पुग्यो | Khabarhub Khabarhub

थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ५४८ पुग्यो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-   नेपालमा आज बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८/८ जना, बारा, काठमाडौं र चितवनमा एक/एक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा मात्रै १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

 

थपिएका ३२ संक्रमितमध्ये २ जना महिला र बाँकी ३० जना पुरूष भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : २१ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र