सुर्खेतमा ३ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे « Khabarhub

सुर्खेतमा ३ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे


१० जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

डा देवकोटका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरुको आरडीटी विधिबाट गरिएको परीक्षणमा पाजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखेर पीसीआर परीक्षण गरिएको थियो ।

सेती अस्पतालमा थपिएका ४ जना संक्रमितहरु वैतडी शिवथान गाउँपालिकाका २०, २० , २२ र २७ वर्षका रहेका छन् । त्यस्तै कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा झापाका डिल्लिराज माविको क्वारेन्टाइमा रहेका एकजना ३३ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मधरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै नरैनापुर–३ बाँकेका राष्ट्रिय प्राविको क्वारेन्टाइमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै बाँकेकै नरैनापुर– १ को राष्ट्रिय प्राविमा महाकनियामा गरिएको नमूना संकलनमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बर्दियाका १९ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतको प्रयोगशालमा पनि १ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ४५ हजार ७ सय ५७ वटा नमूना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ३ हजार ४ सय ९४ वटा नमूना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ४ : २६ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्