सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सिंहको निधन « Khabarhub

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सिंहको निधन


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

१९९६ साल फागुन १२ गते जन्मेकी सिंह २०५८ साल वैशाख ६ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा सेवा प्रवेश गरेकी थिइन् । उनले २०६१ सालमा अवकाश पाएकी हुन् ।

सर्वोच्च अदालतबाट अवकाशपछि उनले राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य भएर काम गरेकी थिइन।

उनी २०६२ साल जेठ १३ गतेदेखि २०६३ साल असार २५ गतेसम्म मानव अधिकार आयोगको सदस्य बनेकी थिइन। आफ्नो पूर्व सदस्यको निधनमा राष्ट्रिय मानव अधिकार आयोगले तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

यसैबीच उनको निधनका कारण सर्वोच्च अदालतको सोमबारको इजलास पनि स्थगित हुने भएकाले छ । सर्वोच्च अदालतले पूर्वन्यायाधीशको निधनमा शोकस्वरुप अदालत बिदा दिने गरेको छ । आइतबार इदको सार्वजनिक बिदा परेका कारण सर्वोच्चले सोमबार इजलास स्थगित गर्नेछ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : ३२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब