सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सिंहको निधन « Khabarhub

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सिंहको निधन


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

१९९६ साल फागुन १२ गते जन्मेकी सिंह २०५८ साल वैशाख ६ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा सेवा प्रवेश गरेकी थिइन् । उनले २०६१ सालमा अवकाश पाएकी हुन् ।

सर्वोच्च अदालतबाट अवकाशपछि उनले राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य भएर काम गरेकी थिइन।

उनी २०६२ साल जेठ १३ गतेदेखि २०६३ साल असार २५ गतेसम्म मानव अधिकार आयोगको सदस्य बनेकी थिइन। आफ्नो पूर्व सदस्यको निधनमा राष्ट्रिय मानव अधिकार आयोगले तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

यसैबीच उनको निधनका कारण सर्वोच्च अदालतको सोमबारको इजलास पनि स्थगित हुने भएकाले छ । सर्वोच्च अदालतले पूर्वन्यायाधीशको निधनमा शोकस्वरुप अदालत बिदा दिने गरेको छ । आइतबार इदको सार्वजनिक बिदा परेका कारण सर्वोच्चले सोमबार इजलास स्थगित गर्नेछ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : ३२ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका