पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा « Khabarhub

पूर्वयुवराज पारस चढेको गाडी दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोक सडकमा हिडिरहेको बाच्छोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

गाडीको ठक्करबाट बाच्छो मरेको प्रहरीले जनाएको छ । सवारी चालक अशोक गुरुङ र गाडीलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुर्घटना भएको हो । चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।

जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पुर्‍याएका थिए । अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको जनाएको थियो ।

चालकलाई कानुन अनुसार कारबाही गरिने कार्कीले बताए । लकडाउनका कारण पोखरामा रहेका पारस पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय बनेका छन् । केही दिन अघि उनले पोखरामा खान नपाएका विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : ३८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार