ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यका साथ वेलफेयरले अस्पताललाई सर्जिकल मास्क, गाउन, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

वेलफेयरले ५०० थान सर्जिकल मास्क, १०० थान डिस्पोजल सर्जिकल गाउन, १०० थान फेस सिल्ड, १०० थान केएन ९५ मास्क, २०० थान सर्जिकल पञ्जा, १०० थान सुकभर, १०० थान हेडक्याप र ५०० थान डिस्पोजेबल पञ्जा प्रदान गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताए।

वेलफेयरका प्रमुख सुवास राईले आज अस्पताल सञ्चालन तथा विकास समितिका सदस्य ध्रुवलक्ष्मी राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्लाको एकमात्र सरकारी अस्पताललाई यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

सामग्री नहुँदा कोरोना परीक्षणको काम नै रोकिएको अवस्थामा वेलफेयर तथा स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री उपलब्ध गराएसँगै परीक्षणको कामलाई अगाडि बढाइने अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बवि चाम्लिङले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले भने आआफ्नो क्षेत्रमा स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमले स्वास्थ्य सामग्री खरिद गरेर परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ०८ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना