ललितपुर महानगरले ल्यायो कृषि कार्यक्रम, मल र बिउ अनुदान पाइने « Khabarhub

ललितपुर महानगरले ल्यायो कृषि कार्यक्रम, मल र बिउ अनुदान पाइने


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरेको लकडाउनले उपत्न्न गरेको संकटलाई हल गर्न कृषिसँग सम्बन्धित कार्यक्रम अघि बढाएको छ ।

यो कार्यक्रम अन्तर्गत कृषि गर्न चाहनेलाई मल र बिउ अनुदानमा दिइने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

महानगरपालिकाले खुल्ला ठाउँ भएको र नभएको वडाहरुलाई लक्षित गरी दुई किसिमको कृषि कार्यक्रम ल्याएको जनाएको छ ।

उनले भने, ‘खुल्ला ठाउँ भएका वडाहरुको लागि धान, मकै, गहुँ उत्पादनलाई प्रोत्साहित गरिन्छ , घर मात्रै भएका खाली जमिन नभएका वडाहरुमा कौसी खेती गर्ने गरि कार्यक्रम ल्याएका छौ ।’ प्रमुख महर्जनले लकडाउनले सिर्जित अवस्थालाई ध्यान दिएर आत्मनिर्भरताका लागि यो कार्यक्रम ल्याएको बताए ।

नगरको २९ वटै वडामा सञ्चालन हुने यो कार्यक्रमले नगरका पचास प्रतिशत बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउने महानगरले बताएको छ । आर्थिक विकास समितिका संयोजक रविन्द्र महर्जनले घरमात्रै भएका जमिन नभएकालाई कौसी खेती गर्न विउ वितरण गरिएको बताए ।

उनका अनुसार जमिन हुनेहरुको लागि धान र मकै प्रागारिक मल वितवरण गरिएको छ ।

कौसी खेतीका लागि सीमी, मुला , धनियाँ र रायोको सागको बीउ अनुदान दिइएको छ । यसैगरी जमिन भएकाहरुकालाई मकै, भटमास, धानको बीउ र गड्यौलाको प्रांगारिक मल केही वडामा वितरण भएको केहीमा वितरणको तयारी भइरहेको वडा नं २१का अध्यक्ष रविन्द्र महर्जनले बताए ।

महानगरपालिकाले नगरभित्रको बाँझो जमिन खनजोत गर्न पनि आव्हान गरेको छ । त्यस्ता जमिन खनजोत गरी उत्पादन गर्न चाहने व्यक्तिलाई महानगरले ट्याक्टर किनिदिने तयारी गरेको छ । संयोजक महर्जनले भने, ‘जमिन जोत्न किसानलाई गाह्रो पर्ने भएकाले ट्याक्टर खरिदका लागि कार्यक्रम बनाउँदैछौ । ’

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  २ : ४७ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक