शिक्षण सिकाइका लागि ‘रेडियो स्कूल कक्षा’ कार्यक्रम « Khabarhub

शिक्षण सिकाइका लागि ‘रेडियो स्कूल कक्षा’ कार्यक्रम


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाका तीन नगरपालिकाको सहकार्यमा रेडियो स्कूल कक्षा कार्यक्रम आजदेखि सञ्चालनमा आएको छ ।

बर्दियामा रहेका रेडियोहरुको साझेदारीमा मधुवन, गुलरिया र बारबर्दिया नगरपालिकाले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि शिक्षण सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरेका हुन् ।

कार्यक्रम बर्दियाको गुलरियामा रहेको रेडियो बबई एफएम १०६ मेगाहर्ज, भुरीगाउँमा रहेको रेडियो टाइगर एफएम ९९.२ मेगाहर्ज र मधुवनमा रहेको रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्जबाट नियमित प्रसारणको व्यवस्था मिलाइएको छ ।

कोभिड १९ संक्रमण महामारी हुन सक्ने भन्दै जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द भएका छन् । यस्तो अवस्थामा विद्यार्थीले स्वास्थ्य सुरक्षाका साथ आफ्ना शिक्षण गतिविधिलाई निरन्तरता दिन पाउने हुनाले रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरिएको मधुवन नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा रहेका बालबालिकामा शैक्षिक तथा मानसिक रुपमा समस्या नआओस् भनेर बर्दियाका रेडियोहरुको साझेदारीमा नगरपालिकाहरुले कार्यक्रम सञ्चालनमा ल्याएको बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।

बर्दियामा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई लक्ष्य गर्दै सो कार्यक्रम ल्याइएको भन्दै नगर प्रमुख थारुले कक्षा १, २ र ३ का विद्यार्थीका लागि विशेष रमाइलो कक्षा पनि सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ११ बजे

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि

धनुषा – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा