कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार नाघ्यो


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख २० हजार पुगेको छ । ३ लाख ४४ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ । २२ लाख ५५ हजारलाई उपचार पछि निको भएको छ ।

सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना भएका छन् । त्यसैगरी मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ ।

दोस्रो स्थानको ब्राजिलमा ३ लाख ४९ हजार एक सय १३ जना संक्रमित हुँदा २२ हजार १ सय ६५ जना संक्रमित भएका छन् । तेस्रो स्थानको रुसमा आइतबार ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएर जम्मा संक्रमितको संख्या तीन लाख ४४ हजार ४ सय ८१ पुगेको छ ।

मृतक ३ हजार ५ सय ४१ पुगेका छन् । दक्षिण एसियामा भारत ११ औं स्थानमा छ । अहिलेसम्म १ लाख ३१ हजार ९ सय २० जना संक्रमित हुँदा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ५४ हजार ६०१ जना संक्रमित हुँदा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ । बंगलादेशमा ४ सय ५२, अफगानिस्तानमा २ सय १८, श्रीलंकामा ९ तथा माल्दिभ्समा ४ जनाको मृत्यु भएको छ ।

भुटानमा भने २४ जनामात्र संक्रमित छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका