कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार नाघ्यो


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख २० हजार पुगेको छ । ३ लाख ४४ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ । २२ लाख ५५ हजारलाई उपचार पछि निको भएको छ ।

सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना भएका छन् । त्यसैगरी मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ ।

दोस्रो स्थानको ब्राजिलमा ३ लाख ४९ हजार एक सय १३ जना संक्रमित हुँदा २२ हजार १ सय ६५ जना संक्रमित भएका छन् । तेस्रो स्थानको रुसमा आइतबार ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएर जम्मा संक्रमितको संख्या तीन लाख ४४ हजार ४ सय ८१ पुगेको छ ।

मृतक ३ हजार ५ सय ४१ पुगेका छन् । दक्षिण एसियामा भारत ११ औं स्थानमा छ । अहिलेसम्म १ लाख ३१ हजार ९ सय २० जना संक्रमित हुँदा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ५४ हजार ६०१ जना संक्रमित हुँदा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ । बंगलादेशमा ४ सय ५२, अफगानिस्तानमा २ सय १८, श्रीलंकामा ९ तथा माल्दिभ्समा ४ जनाको मृत्यु भएको छ ।

भुटानमा भने २४ जनामात्र संक्रमित छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३९ बजे

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि