राजाको तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन « Khabarhub

राजाको तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन


११ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ ।

राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आज एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको हो ।

सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’

त्यस्तै नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सूचनामा भनिएको छ,‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्नेछ ।’

केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाहरुलाई पुरानो नोटहरु नोट कोष वा राष्ट्र बैकमा बुझाउन भनेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ९ : २८ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६