कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सोमवार थप ७ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको हो।

भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

डा. तिवारीका अनुसार भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ३ का १५ वर्षीय बालक, ६ का १८ वर्षीय किशोर रहेका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका १ का २७ र २९ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको डा. तिवारीले जानकारी दिए ।

यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपनि पुःन परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा पठाउने गरिएको थियो । तर, सोमबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट परीक्षण सुरु भएको छ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ११ : ५० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका