कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सोमवार थप ७ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको हो।

भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

डा. तिवारीका अनुसार भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ३ का १५ वर्षीय बालक, ६ का १८ वर्षीय किशोर रहेका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका १ का २७ र २९ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको डा. तिवारीले जानकारी दिए ।

यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपनि पुःन परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा पठाउने गरिएको थियो । तर, सोमबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट परीक्षण सुरु भएको छ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ११ : ५० बजे

माओवादीसँग मिलेर उत्पात गर्छाैँ भन्ने माधवहरू निस्केपछि नयाँ पार्टी बनाउँछौँ: झलनाथ खनाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब नयाँ

झलनाथ–घनश्याम पक्षले शनिबार छुट्टै भेला गर्ने

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र

साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रछ’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक