नेपालमा ११२ जनाले जिते कोरोना संक्रमणविरुद्धको ‘लडाइँ’ « Khabarhub

नेपालमा ११२ जनाले जिते कोरोना संक्रमणविरुद्धको ‘लडाइँ’


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ११२ पुगेको छ ।

प्रदेश १ मा २६ जना, प्रदेश २ मा ३३ जना, बाग्मती प्रदेश ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३५ जना, कर्णाली प्रदेशमा ५ जना निको भई डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टामा २५ जनाको डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घण्टामा नारायणी अस्पतालबाट १८ जना, पर्सा बाट १८ जना, पाटक अस्पतालबाट ५ जना, टेकु अस्पतालबाट १ जना र तैलिहवाबाट १ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ११२ पुगेको हो ।

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : ४२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी