चीनमा थप ५१ जना कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

चीनमा थप ५१ जना कोरोना भाइरसको संक्रमण पुष्टि


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ ।

सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना सङ्क्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । पूर्णरुपमा कोरोनाबाट सङ्क्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना बुहानका रहेका छन् ।

चीनमा अहिले कुल ३९६ जना यस्तै प्रकारका विरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ३२६ जना त वुहानमा मात्रै रहेका छन् ।

यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ । वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : १७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।