चीनमा थप ५१ जना कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

चीनमा थप ५१ जना कोरोना भाइरसको संक्रमण पुष्टि


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ ।

सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना सङ्क्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । पूर्णरुपमा कोरोनाबाट सङ्क्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना बुहानका रहेका छन् ।

चीनमा अहिले कुल ३९६ जना यस्तै प्रकारका विरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ३२६ जना त वुहानमा मात्रै रहेका छन् ।

यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ । वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : १७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन