कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

२८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ६:३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५१५ जनाको मृत्यु भएको छ ।

१९ लाख १६ हजार १७७ जना संक्रमित भएकोमा ८ लाख ९३ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १५ हजार २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २ हजार २७७ पुगेको छ । त्यसमध्ये ५ लाख ७६ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २७ हजार ८०१ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४०९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३२ हजार ६३८ जनाको मृत्यु भएको छ । ६ लाख ५६ हजार १५९ जना संक्रमित भएकोमा २ लाख ६३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ४९५ जनाको ज्यान गएको छ भने १ लाख १७ हजार ८०१ जना संक्रमित छन् । संक्रमितमध्ये ४७ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२६ जना संक्रमित भएकोमा ८ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६ हजार २२६ जनामध्ये ४ लाख ६४ हजार ६७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ६ : ५९ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ