‘मेगास्टार’ को खेती, अनमोललाई नै त हुँदैन धेरै क्षति ? « Khabarhub

‘मेगास्टार’ को खेती, अनमोललाई नै त हुँदैन धेरै क्षति ?


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीलाई केही वर्षयता जबरजस्ती मेगास्टार बनाइएको छ । उनलाई मिडिया र स्वयम् कलाकारहरुले ‘मेगास्टार’ को ट्याग दिइरहँदा अर्कातिर दर्शकप्रति उनको क्रेज घटेको महसूस गर्न सकिन्छ । यद्यपि युट्युबमा भने उनका हरेक कन्टेन्ट ट्रेन्डिङमा आउने गर्छन् ।

यो पक्का हो, पहिले अनमोलको जुन क्रेज थियो । त्यसमा अहिले केही ब्रेक लागेको छ । पहिले हलमा जसरी अनमोलका फिल्म हेर्न दर्शक उर्लिन्थे । अहिले ती दर्शकले पनि अनमोलमा लूकसँगै फिल्ममा अभिनय पनि खोज्न थालेका छन् ।

हुन त नेपाली फिल्मप्रति नै दर्शकको गुनासो छ यो समयमा । दर्शक कुनै फिल्म हेर्न पनि हलसम्म आइरहेका छैनन् । यता अनमोल केसीलाई भने फिल्मकर्मीले नै आफ्नो फिल्मको प्रयोजनका लागि सोही अनुसार प्रयोग गरिरहेका छन् । के अनमोल केसी मेगास्टार हुन् ? प्रश्न जति सामान्य छ, उत्तर त्यति सजिलो पक्कै छैन । किनकि, उनले यो क्षेत्रमा करिअर शुरु गरेको धेरै भएको छैन ।

अनमोलले आफू मेगास्टार भएको कहीँकतै बताएका त छैनन् तर दर्शकले माया गरेर आफूलाई यो ट्याग दिएको बताइरहेका छन् । यसमा अनमोलको प्रतिक्रिया जायज लाग्नु स्वभाविक हो । तर, के अनमोललाई फिल्मकर्मीले नै मेगास्टार भन्दै उचाल्नु स्वभाविक हो ?

यो फिल्मकर्मीले नै बुझ्नुपर्ने कतिपय बताउँछन् ।

हालै प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर र ट्रेलरमा अनमोललाई मेगास्टारको उपाधि दिइएको छ । जबकि, अनमोल केसीले जम्मा ७ फिल्ममा काम गरेका छन् । उनी अझै पनि काम सिकिरहेका छन् । फिल्मबारे बुझिरहेका छन् । यो अनमोल आफैले स्वीकार्छन् ।

तर उदाउँदै गरेका कलाकारले करिअरको शुरुवातमै मेगास्टारको ट्याग दिँदा के अनमोललाई फाइदा छ ?

एक फिल्मकर्मी भन्छन्, ‘सरासर घाटा छ ।’

जुन उपाधि दिइएको छ, त्यसका आधारमा अनमोलका फिल्मले छुट्टै किसिमको क्रेज दिनुपर्ने हो । ‘मेगास्टार’को शाब्दिक अर्थमा जाने हो भने मनोरञ्जन र क्षेत्रमा सर्वाधिक चर्चित कलाकार या पपस्टारलाई मेगास्टार भन्ने गरिन्छ । के अनमोल केसी नेपालका सर्वाधिक चर्चित अभिनेता हुन् ?

केही फ्यानले युट्युबमा गरेको कमेन्टका आधारमा अनमोललाई मेगास्टार भन्नु जायज नभएको कतिपयको तर्क छ । फिल्म क्षेत्रमा उपाधि दिने निकाय त छैन तर भर्खरै फिल्म खेल्दै गरेका अनमोललाई भोलिका दिनमा यो ‘ट्याग’ आफैलाई भारी हुन्ने पक्का छ ।

अरु सर्वाधिक चर्चित भएपछि मेगास्टारको ट्याग पाउँछन् । तर अनमोललाई भने अरुले जबरजस्ती ‘मेगास्टार’ बनाउन खोजिरहेका छन् । यो अनमोलका लागि पनि बडो दुर्भाग्यको कुरा हो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ०९ बजे

गोपालमान भन्छन्- गगनको साहसले पार्टीलाई सुदृढ बनाएको छ

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठले महामन्त्री

समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे

पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात