कांग्रेसको आग्रहमा २ दिन पछि सर्‍यो प्रमुख निर्वाचन आयुक्तको सुनुवाई « Khabarhub

कांग्रेसको आग्रहमा २ दिन पछि सर्‍यो प्रमुख निर्वाचन आयुक्तको सुनुवाई


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको आइतबार बोलाइएको बैठक २ दिन पछि सारिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आग्रहमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया शुरु गर्न बोलाइएको बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सारिएको हो ।

बैठकमा नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदद्वय भिमसेन दास प्रधान र जितेन्द्र देवले पार्टी सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गर्नुपर्ने भन्दै बैठक केही दिनका लागि पछि सार्न आग्रह गरेका थिए ।

सोही आग्रहलाई ध्यानमा राख्दै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : १६ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली