रक्सौलमा अलपत्र नेपाली ल्याउने क्रम जारी « Khabarhub

रक्सौलमा अलपत्र नेपाली ल्याउने क्रम जारी


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका नेपालीहरुलाई फिर्ता गराउने क्रम जारी छ ।

भारतबाट आज बिहान १० बजेसम्म ३ सय ७५ जना नेपाली स्वदेश भित्रिएका छन्। वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका ६ सय जनालाई फिर्ता गराउने क्रमसँगै उनीहरु आउन थालेका हुन्।

नेपाल भित्रनेलाई लिन प्रमुख जिल्ला अधिकारीदेखि मेयर र नेताहरु पनि सीमाको पुलमा पुगेका छन्।

स्थानीय प्रशासनको पहल अनुसार बुधबार बिहानदेखि रक्सौलको विभिन्न क्वारेन्टाइनमा रहेका करिब ६ सय नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

‘रक्सौलका अधिकारीहरुले बुधवारदेखि नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने भारतको माथिल्लो निकायको निर्देशन आएको छ। तपाईँहरु तयार रहनु होला भनेर सिडिओ साबलाई फोन आएको थियो,’ बस्नेतले भने, ‘सोही अनुरुप हामीले तयारी थालेका हौं। बुधबार बिहानदेखि साँझसम्म जति रक्सौलमा फसेका नेपाली नागरिकहरु हुनुहुन्छ, सबैलाई नेपाल ल्याउछौं।’

भारतका बिभिन्न राज्यका करिब ५ सय भारतीय नागरिकलाई मंगलवार पारि पठाइएको पनि पर्साका सहायक प्रजिअ बस्नेतले जानकारी दिए। यसअघि गत मंगलबार पनि वीरगञ्ज र पर्साका विभिन्न क्वारेन्टाइनमा फसेका २१० जना भारतीय नागरिकलाई आईसीपी भन्सार नाकाबाटै उद्धार गरी भारत पठाइएको थियो।

भारतीय नागरिक नेपालबाट पारि जान पाउने तर नेपालीहरु भारतमा अलपत्र पर्ने घटनाले वीरगञ्जका मेयर, प्रदेश २ का मुख्यमन्त्री र नेपाल सरकारमाथि नै आलोचना भइरहेको थियो।

६ सय नेपाली नागरिकमध्ये नेपालका २५ वटा जिल्लाका बासिन्दा रहेको हुँदा सम्बन्धित जिल्लाका प्रजिअसँग छलफल भइरहेको र बसबाट उनीहरुलाई जिल्लामा पठाउने तयारी भएको छ।

भारतबाट आएकालाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा १४ दिन राखी पीसीआर नेगेटिभ आएपछि ७ दिनको होम क्वारेन्टाइनमा पठाइने तयारी भएको पर्साका सहायक प्रजिअ बस्नेतले स्पष्ट पारे।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १ : १२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन