खानपिन र मलमुत्र त्यागबिना ७५ वर्षसम्म बाँचेका ९० वर्षे वृद्धको निधन « Khabarhub

खानपिन र मलमुत्र त्यागबिना ७५ वर्षसम्म बाँचेका ९० वर्षे वृद्धको निधन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिकित्सा विज्ञानका लागी रहस्य बनेका प्रह्लाद जनी उर्फ चुन्द्रीवाले माताजीको मंगलवार निधन भएको छ । एक श्रद्धालुका अनुसार ९० बर्षको उमेरका जनीले ज्यान गुमाएका हुन् । उनले विगत ७५ सालयता केहि खाएकी थिइनन् । खानामात्र होइन उनका भक्तका अनुसार जनीले यो ७५ बर्षसम्म पानी पनि पिएका थिएनन् ।

गुजरातको अहमदाबादको अम्बाजी क्षेत्रमा रहदै आएका उनको २६ मेमा निधन भएको हो । केहिदिनदेखि बिरामी उनमा कोरोनाको आशंका गरी परीक्षण गरिएको थियो । तर, रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको मृत्यु पुर्व नै श्रद्धालु र भक्तको हल्लामा सत्यता बुझ्ने भन्दै केहि चिकित्सक एवम् वैज्ञानिकले उनको निगरानि गरेको थिए । यतिका बर्षसम्म कोहि ब्यक्ति खानपिन, विनादिसापिसाव कसरी बाँच्छ भन्ने प्रमाण चिकित्सकले खोजेपनि फेला पारेका छैनन ।

उनलाई १५ दिनसम्म २४ सै घण्टा क्यामेराको निगरानीमा राखिएको थियो । तर त्यस समयमा समेत जनीले केहि खाएको प्रमाण जुटेन । जसलाई चमत्कार बताउदै चिकित्सकले हार मानेका थिए ।

जनीको पार्थीव शरीर श्रद्धालुको दर्शनकालागी राखिएको छ । बिहीबार उनको पार्थिव शरीरलाई समाधिष्ट गरिने छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ५१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र