भारतको राजस्थानमा लडाकु विमान दुर्घटनाग्रस्त | Khabarhub Khabarhub

भारतको राजस्थानमा लडाकु विमान दुर्घटनाग्रस्त


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको राजस्थानमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनामा परेको छ । राजस्थानको राजधानी जोधपुरबाट १ सय २० किलोमिटर दक्षिणमा रहेको सिरोही जिल्लामा भारतीय वायुसेनाको रुसमा निर्मित मिकोयान मिग २७ लडाकु विमान दुर्घटनामा परेको भारतीय अधिकारीले जनाएका छन् ।

विमानका चालक भने सुरक्षित रुपमा विमानबाट जमिनमा अवतरण गर्न सफल भएको बताइएको छ नियमित उडानका क्रममा रहेको लडाकु विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारी अनुसार विमान दुर्घटना भएको स्थानमा जनधनको कुनै क्षति भएको छैन । इन्जिनमा खराबी आएपछि विमान दुर्घटनामा परेको आशंका गरिएपनि त्यसको पुष्टि भइसकेको छैन । दुर्घटनाग्रस्त लडाकु विमान राजस्थानको उत्तरलाई विमानस्थलबाट उडेको थियो । प्रहरीले त्यस दुर्घटना भएको स्थानलाई सिल गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

राजस्थानकै बिकानेरमा मिग २१ लडाकु विमान दुर्घटनामा परेको तीन सातापछि पछिल्लो दुर्घटना भएको हो । पछिल्ला केही समययता भारतीय वायुसेनाले ठूलो परिमाणमा सैनिक विमान र हेलिकोप्टर गुमाउँदै आएको छ ।

सन् २०१८ यता मात्र भारतीय वायुसेनाले १७ वटा सैनिक हेलिकोप्टर र विमान गुमाइसकेको छ भने गत फेब्रुअरी महिनामा मात्र भारतले ९ वटा सैनिक विमान र हेलिकोप्टर गुमाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ५९ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना