दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार साँझ दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्य २ जना दाङका रहेका छन् भने ९ जना कपिलवस्तुका छन् ।

प्रतिष्ठानले जारी प्रेस विज्ञप्ति अनुसार दाङको गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय पुरुष र सोही गाउँपालिकाको वडा नम्बर २ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु गढवा गाउँपालिका वडा नम्बर ६ र जेठान गाउँपालिका वडा नम्बर १ को क्वारेन्टाइन मा रहेका व्यक्ति हुन् ।

यसैगरी कपिलवस्तुको रामनरेश माविको क्वारेन्टाइन मा रहेका व्यक्तिहरु हुन् । उनीहरु विजयनगर गाउँपालिकाका २३ ,३०, २६, १७, ३७, ४०, ४३ र५२ वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : ४५ बजे

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह

काठमाडौं– राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर