बजेट सकारात्मक, कार्यान्वयनमा चुनाैती धेरै : पूर्वअर्थमन्त्री पाण्डे | Khabarhub Khabarhub

बजेट सकारात्मक, कार्यान्वयनमा चुनाैती धेरै : पूर्वअर्थमन्त्री पाण्डे


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा चुनौती धेरै रहेको बताएका छन् ।

चालू आर्थिक वर्षको बजेटमा चालू खर्च धान्नका लागि पनि ऋण लिनपरेको तर आगामी आर्थिक वर्षका लागि सरकारले लिएको ऋण चालू खर्चमा प्रयोग गर्न नमिल्ने व्यवस्था गरिए पनि त्यो सम्भव नभएको नेता पाण्डेको भनाइ छ ।

उनले झण्डै ३ खर्ब बराबरको वैदेशिक सहायता आउन कठिन रहेको र बजेटको लक्ष्यअनुसारको ऋण परिचालन हुन नसक्दा त्यसको दबाब आन्तरिक ऋण र राजश्वमा पर्नसक्ने बताए ।

वैदेशिक ऋण लक्ष्यअनुसार प्राप्त हुन नसके वा लक्ष्यअनुसारको राजश्व संकलन हुन नसके सरकारले भनेजस्तो चालू खर्चका लागि ऋण प्रयोग गर्न नमिल्ने व्यवस्था निस्प्रभावी हुने उनको भनाइ छ ।

उनले भने,‘चालू आर्थिक वर्षमा आन्तरिक ऋणले चालू खर्च धान्नपर्ने अवस्था सिर्जना भएको छ । अर्को वर्ष ऋणबाट लिएको पैसा चालू खर्चमा हाल्दिन त भनेको छ बजेटमा । तर एउटा जोखिम के छ भने २ खर्ब ९९ अर्ब विदेशी ऋण लिने भनेको छ । त्यो आउने सम्भावना छैन । त्यो नहुनासाथै हाम्रो आन्तरिक ऋण र राजश्वमा चाप पर्छ । ऋणबाट आउने पैसा चालू खर्चमा हाल्दिन भनेपनि राजश्वका लक्ष्यअनुसार संकलन हुन सकेन भने आन्तरिक ऋण लिएर चालू खर्चमा हाल्नुपर्ने जोखिम छ ।’

नेता पाण्डेले सरकारले बजेटमा लिइएको आर्थिक वृद्धिदर हासिल हुन समेत कठिन रहेको बताए ।

उनले भने,‘बजेटको स्रोत घटेको छ । आन्तरिक र बाह्य ऋण लिने भनेको छ । अनि आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्ने भनेको छ । त्यो पूरा हुन पनि धेरै चुनौती छ । आर्थिक वृद्धिदर महत्वाकांक्षी छ ।’

संसदको अर्थ समितिका सदस्य समेत रहेका सांसद पाण्डेले कृषि, स्वास्थ्य क्षेत्रलाई बजेट महत्व दिनु स्वभाविक रहेको बताए । तर रोजगारी प्रदान गर्ने विषयमा सरकारले एकद्वार प्रणालीबाट तालिम दिने व्यवस्था मिलाउन सके राम्रो हुने उनको भनाइ छ ।

‘रोजगारीका सन्दर्भमा सरकारले एउटा मात्रै कोष बनाएर त्यही कोषबाट बैकमार्फत् दिउँ भन्ने हो । तर अहिले करिब करिब १८ अर्ब रुपैया रोजगारी सिर्जनाका लागि तालिमका लागि खर्च गर्ने भनिएको छ,’ उनले भने, ‘५० अर्बको लक्ष्य राखेर पहिला आउनेलाई पहिला ऋण दिने व्यवस्था राखेको भए लिनपर्नेले लिन्थे । ५-७ ठाउँबाट तालिम दिने व्यवस्था कार्यान्वयन गर्न समस्या हुन्छ ।’

कृषिमा आधार मुल्य निर्धारण गर्ने कुरा राम्रो रहेको, चालू खर्च कटौतिका लागि निकै धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यसअघि खबरहबले उनीसँग गरेको अन्तर्वार्तामा नेता पाण्डेले आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, कृषिमा समेत बजेट बढाउनुपर्ने, चालू खर्च कटौती गर्नुपर्ने र बजेटको आकारमात्रै ठूलो नबनाएर कार्यान्वयन हुने किसिमको बजेट बनाउनुपर्ने बताएका थिए ।

यो पनि पढौं

बजेटले कोरोनाबाट मान्छे र अर्थतन्त्र जोगाउन सक्नुपर्छ

 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : १८ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही