एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा कोरोना भाइरसको संक्रमण « Khabarhub

एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा कोरोना भाइरसको संक्रमण


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।

योसँगै भारतले संक्रमणमा एसियाली मुलुकमा टर्कीलाई पनि उछिनेको छ । टर्कीमा संक्रमितको संख्या अहिलेसम्म १ लाख ६० हजार ९७९ छ ।

यस्तै भारतमा कोरोना भाइरसकै कारण एकै दिन १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : ०४ बजे

कांग्रेसलाई नेकपाको सन्देश, ‘एमालेसँगको गठबन्धन औपचारिक रुपमा फुटेमात्रै सत्ता सहकार्य अघि बढ्छ’

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच अझै

सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म ९३ दशमलव ४७ प्रतिशत

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन– स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं– काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता